संस्थापन समूह नै गुटबन्दीमा उत्रिएको मनिष झाको आरोप
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका मनिष झाले संस्थापन समूहले गुटबन्दी गरेको आरोप लगाएका छन् । महाधिवेशन स्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले महामन्त्रीका अन्य आकांक्षीलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिइएकामा आपत्ति जनाए । यद्यपि आफू पछि नहट्ने र उम्मेदवारी कायमै रहेको झाले स्पष्ट गरे ।
