रञ्जु दर्शनाले पनि गरिन् महामन्त्रीमा आचार्यलाई समर्थन
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उनले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी हुन्। यसअघि महामन्त्रीका चार उम्मेदवारहरु गणेश पराजुली, प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी र जगदिश खरेलले एकसाथ आचार्यलाई समर्थन गर्ने घोषणा गरेका थिए। यस्तै, राजु पाण्डेले पनि उम्मेदवार फिर्ता लिएका छन्।
