महामन्त्रीको दौडबाट पाँच उम्मेदवार बाहिरिए, विपिनकुमार आचार्यलाई समर्थन
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा महामन्त्री पदबाट पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन्। महामन्त्री पदको दाबेदारी प्रस्तुत गरेका कविन्द्र बुर्लाकोटी, शिशिर खनाल, जगदीश खरेल (ललिलतपुर), प्रमोद न्यौपाने र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिनकुमार आचार्यलाई समर्थन घोषणा गरेका हुन्।
