सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुट–उपगुट अन्त्य भयो : सल्लाहकार शाह
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पार्टीमा कुनै गुट–उपगुट नभएको बताएका छन् । रास्वपाको महाधिवेशनस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीमा कुनै गुट–उपगुट नरहेको बताए । उनले भने, ‘सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।
