प्रधानन्यायाधीश नियुक्ति विरुद्धको रिट दरपीठको आदेश संवैधानिक इजलासबाट सदर
काठमाण्डु – प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति विरुद्धको रिट दरपीठ गर्ने आदेशलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सदर गरेको छ । प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले रिटलाई दरपीठ गर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो ।
