कांग्रेस संसद्बाट जन्मिएको पार्टी होइन, कांग्रेसले संसद् जन्माएको पार्टी हो : सभापति थापा
झापा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्किनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले अब सरकार बनाउने अंकगणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
