होल्डिङ सेन्टर छोड्न सुकुम्बासीलाई ५ दिनको म्याद
काठमाण्डु- सरकारले विभिन्न ठाउँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुलाई होल्डिङ सेन्टर छोड्न आग्रह गरकेो छ । मंगलबार पाँच दिनको म्याद दिँदै होल्डिङ सेन्टर छोड्न सबै ठाउँका सुकुम्बासीहरुलाई सूचना दिएको बाग्मती सभ्यता एकीकृत विकास समितिका निर्देशक कचाकाजी महर्जनले जानकारी दिए । सुकुम्बासीलाई सुरूमा पुर्नस्थापना खर्च भनेर २५ हजारको नगद दिइने महर्जनको भनाइ छ ।
