रास्वपा महाधिवेशन : २ बजे सभापति लामिछानेले बन्दसत्रको प्रारम्भ गर्ने (आजको कार्यसूची)
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्रका कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ । बन्दसत्रमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिनुका साथै नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ। कार्यतालिका अनुसार मंगलबार दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको प्रारम्भ गर्ने छन् ।
