विष्णु पौडेल पक्राउबारे शंकर पोखरेल- अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखियाे
काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिइएको घटनालाई नियोजित भएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत पौडेललाई पार्टी कार्यक्रममा सहभागी हुन गएका बेला पक्राउ गरिनु पूर्वाग्रही, प्रतिशोधपूर्ण र अदृश्य शक्तिकेन्द्रको प्रभावमा भएको कदम भएको आरोप लगाएका हुन् ।
