सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाउने मै हुँ, अहिले मिडिया ट्रायल गरियो : जनार्दन शर्मा
काठमाण्डु– प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले आवाज उठाएको स्पष्ट पारेका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ आफूले सदन र त्यतिखेरको नेकपा माओवादी केन्द्रमा विषय उठाएको बताएका हुन् । उनले यो मामलामा अहिले पनि अडिग रहेको दाबी गरेका छन् ।
