रास्वपा महाधिवेशनको बन्द सत्र स्थगित, प्रतिनिधि कार्ड वितरणमा ढिलाइ
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोग तथा प्रतिनिधि व्यवस्थापन उपसमितिले सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु तथा प्रतिनिधि परिचयपत्र (कार्ड) छपाइ कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्रको कार्यक्रम तत्कालका लागि सारिएको जनाएको हो ।
