सम्पत्ति शुद्धीकरणमा दीपक जेल चलान भएको ५ दिनमा विष्णु पौडेल पक्राउ, के हो ‘कनेक्सन’ ?
काठमाण्डु – नयाँ सरकार गठन भएयता थुप्रै नेता र व्यापारी पक्राउ परिरहेका छन् तर चर्चित पक्राउमध्ये अदालतले पुर्पक्षका लागि थुनामै पठाएका चर्चित व्यक्तिमध्ये पर्छन् व्यवसायी दीपक भट्ट । उच्च राजनीतिक पहुँचको दुरुपयोग गर्दै अकुत आर्थिक लाभ लिएको आरोपमा उनीमाथि अभियोजन भइसकेको छ । विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न जेल चलान गरिसकेको छ ।
