महाधिवेशनबारे के भन्छन् रास्वपाका प्रतिनिधिहरु ?
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिहरुले अबको नेतृत्व संगठनलाई एकजुट बनाएर लैजान सक्ने हुनुपर्ने बताएका छन् । प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका अधिकांश प्रतिनिधिहरुले पार्टीको नीति र विधिलाई समेटेर सहि दिशातर्फ लैजानसक्ने नेतृत्व चयन हुनुपर्ने बताएका हुन् । सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सांसद जगदीश खरेलले पार्टीमा गुट नरहेको बताएका छन्।
