वडाध्यक्षमाथि दुर्व्यवहार गरेको आरोपमा पत्रकार पक्राउ
काठमाण्डु- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवरको घटनाबारे नेपाल पत्रकार महासंघले आन्तरिक छलफल सुरु गरेको छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माकाअनुसार यस विषयमा महासंघको ध्यानाकर्षण भएको छ। घटनाबारे जिल्ला कार्यसमितिको बैठक २ बजे बसिरहेको उनले बताइन्।
