अख्तियारलाई ५ घण्टा होइन, ५ वर्षसम्म प्रधानमन्त्री कार्यालय बोलाउन सकिन्छः बालेन
चितवन– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आवश्यक परे अख्तियार पदाधिकारीलाई ५ घण्टा नभई ५ वर्ष प्रधानमन्त्री कार्यालयमा बोलाएर राख्न सकिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उदघाटन सत्रलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै बालेनले अख्तियार पदाधिकारीलाई बोलाएर सोधपुछ र सल्लाह लिन सकिने बताए ।
