देशलाई नयाँ दिशा दिने अवसर रास्वपालाई छ: उपेन्द्र यादव
काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ दिशातर्फ लैजाने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्। आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै यादवले विगतका विकृति र विसंगतिबाट मुक्त भएर देशलाई नयाँ मार्गमा अघि बढाउने जिम्मेवारी रास्वपामाथि आएको बताए।
