हामी सरकार फेर्न होइन, राजनीतिक संस्कार बदल्न आएका हौं: स्वर्णिम वाग्ले
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूहरु सरकार फेर्न नभई राजनीतिक संस्कार बदल्न आएको बताएका छन् । चितवनमा सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रलाई आइतबार सम्बोधन गर्दै वाग्लेले रास्वपा केवल सरकार परिवर्तनको अभियान नभई नेपालको राजनीतिक संस्कार परिवर्तनको अभियान भएको बताएका छन् ।
