बालेनले ‘राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई झण्डै दुई तिहाई दिएः लिङदेन
चितवन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले बालेन्द्र शाह बालेनले ‘राजा ल्याउँछ’ भनेर जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई झण्डै दुई तिहाई जनमत दिएको दाबी गरेका छन् । आइतबार रास्वपा प्रथम महाधिवेशन उदघाटन सत्रलाई भरतपुरमा सम्बोधन गर्दै उनले जनताको उक्त अभिमतको सम्मान गर्न रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनलाई आग्रह गरे ।
