SHARE
रेडियो मायादेवी · बुधबार २८ साउन २०८२ ०२:४८ AM · 1 मिनेट पढाइ

अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम

बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै–कुनै ठाउँमा त अति भारी वर्षाको समेत सम्भावना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी