रास्वपा पार्टी सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क लाग्ने, यस्तो छ निर्वाचन तालिका
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सुरू भएको छ। चितवन भरतपुरस्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेता पुगेका छन्।
