ऊर्जामन्त्री श्रेष्ठलाई घेरेर रास्वपा कार्यकर्ताले भनेः हर्क साम्पाङलाई ५ करोडको मुद्धा लगाएर थुन्नुपर्यो
चितवन–रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुनेका सो पार्टीका नेता एवं ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग कार्यकर्ताले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई मुद्धा लगाएर फसाइदिन माग गरेका छन् । मन्त्री श्रेष्ठ आइतबार महाधिवेशन उदघाटन स्थल गेष्ट हाउसचौर प्रवेश गर्दै गर्दा केही कार्यकर्ताले रोकेर त्यस्तो माग गरेका हुन् ।
