पहिलोपटक एकै मञ्चमा देखिँदै बालेन, रवि र गगन
काठमाण्डु– नेपाली राजनीतिक वृत्तमा युवापुस्तामाझ लोकप्रिय मानिएका तीन नेता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक एकै मञ्चमा देखिने भएका छन्। चितवनमा भइरहेको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा उनीहरू सँगै उपस्थित हुने भएका हुन्। महाधिवेशन दिउँसो एक बजेदेखि सुरू हुँदैछ।
