रास्वपाको महाधिवेशनस्थलमा पानी जमेपछि हालियो गिटी–बालुवा
काठमाण्डु– चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटनस्थलमा वर्षापछि पानी जमेपछि गिटी र बालुवा बिछ्याउने काम भएको छ। शनिबार रातभर परेको वर्षाका कारण मैदान हिलाम्मे बनेको थियो। त्यसपछि आइतबार बिहानै मोटर प्रयोग गरी पानी निकालिएको थियो। त्यसपछि स्थललाई सुक्खा र सुरक्षित बनाउन गिटी, बालुवा तथा माटो हालेर व्यवस्थापन गरिएको हो।
