म्युनिसिपल कन्फरेन्समा भाग लिन इजरायल पुगिन् कार्यवाहक प्रमुख डंगोल
काठमाण्डु महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौं संस्करणमा भाग लिन इजरायल प्रस्थान गरेकी छन्। इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरू शनिबार गएका हुन्। ‘सफल साझेदारी (विनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरुको सहभागिता हुनेछ।
