विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो
काठमाण्डु – फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि ५–१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । समूह ‘ई’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्यो ।
