सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’लाई सम्मान
काठमाण्डु – काठमाण्डुको बुढानीलकण्ठ क्षेत्रमा कार्यरत सफाइकर्मीको योगदानको कदर गर्दै ३० जना सफाइका ‘अदृश्य नायक’ लाई सम्मान गरिएको छ । रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठ र समाजसेवी एवं पर्यटनविद् श्याम मोहन श्रेष्ठको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा बुढानिकण्ठ क्षेत्रमा कार्यरत ३० सफाइकर्मीलाई सम्मान गरिएको हो ।
