राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपराह्न अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित शनिबार ललितपुरको जावलाखेल पुगेर उनले जात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।
