मंसिर २६–२८ गते केन्द्रीय महाधिवेशन गर्ने राप्रपाको निर्णय
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन मंसिर २६–२८ गते काठमाण्डुमा आयोजना गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको शुक्रबार र शनिबार बसेको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।
