SHARE
काठमाण्डुपाटी · शनिबार ६ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण आगामी वर्षदेखि सुरु हुने

काठमाण्डु – आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु हुने भएको छ। मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले यस्तो जानकारी दिएका हुन्। मुख्यमन्त्री यादवले मधेस सरकार रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विषयमा गम्भीर रहेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी