महाधिवेशनका लागि भरतपुर पुगे रवि लामिछाने
चितवन– आइतबारदेखि भरतपुरमा सुरु हुने पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन पुगेका छन् । लामिछाने शनिबार बिहान पत्नी निकितासहित जहाजमार्फत भरतपुर पुगेका हुन् । रास्वपाको महाधिवेशन आयोजक समितिको अन्तिम बैठक शनिबार साँझ बस्दैछ । महामन्त्री कबिन्द्र कुर्लाकोटीले महाविधेशनको सबै तयारी करिब सकिएको बताए ।
