वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
काठमाण्डु – यस वर्षको वैशाखपछि शुक्रबारसम्मको अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख १ गतेदेखि शुक्रबारसम्मको अवधिमा २ हजार २११ वटा विपद्का घटनामा परेर १०५ जनाको मृत्यु भएको र ६०५ जना घाइते भएका जानकारी दिइन् ।
