सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा निधन भएका श्रीकृष्ण विश्वकर्माको प्रहरी कुटपिटबाट नभएको बताएका छन्। राष्ट्रियसभाको बैठकमा जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको बताए ‘छानबिन समितिको प्रतिवेदनमा उनको मृत्यु कुटपिट नभइ आत्महत्या देखिएको छ,’ उनले भने ।
