SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

हर्कले खोजे रक्षा मन्त्रालयको बजेट पुस्तिका

काठमाण्डौं–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रक्षा मन्त्रालयको बजेट पुस्तिका संसदलाई उपलब्ध नगराई विनियोजन विधेयक पारित भएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्हालेको रक्षा मन्त्रालयको बजेट पुस्तिका सदनमा वितरण नगरिएको विषयमा ध्यानाकर्षण गराए । विनियोजन विधेयक–२०८३ बिहीबार बहुमतले पारित भइसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी