कोशीका आन्तरिक मामिलामन्त्रीको निवासमा प्रहरीको खानतलासी, एमालेद्वारा आपत्ति
काठमाडौं– प्रहरीले कोशी प्रदेशका आन्तरिका मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा खानतलासी गरेको छ ।शुक्रबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद् राजेन्द्र राईले पराजुलीको डेरामा बिहीबार राति प्रहरी पसेर खानतलासी गरेको भन्दै आपत्ति जनाए । सरकारले अकारण प्रदेशमन्त्रीको घर खानतलासी गर्नुको कारण माग गर्दै उनले नयाँ सरकारले के गर्न खोज्दै छ ? भन्ने प्रश्न गरे ।
