अमेरिकी डलर, युरो, पाउन्डसहित सबै विदेशी मुद्राको भाउ घट्यो
काठमाण्डु– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ६४ र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण भएको छ।
