अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटायो
काठमाण्डु– अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। अमेरिका–इरानले मध्यपूर्वको युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै नाकाबन्दी हटेको हो । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी अन्त्य गरिएको पुष्टि गर्दै एक्समा केही अमेरिकी युद्धपोतहरू भने सामान्य क्षेत्रमा रहने जनाएको छ।
