खरखरे भिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र
काठमाण्डु– पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाका कारण लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हाे । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने,’पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ ।
