गलत तत्वहरु नातागोता र साथीभाईमार्फत आउने रहेछन्ः मन्त्री श्रेष्ठ
काठमाण्डु– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठले जलविद्युत क्षेत्रका माफियाहरुले आफूलाई फसाउने प्रयास गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले त्यस्ता तत्वहरु नातागोता र साथीहरुमार्फत आउने गरेको खुलासा गरे । सुशासनका लागि त्यस्तो प्रवृत्ति घातक रहेको श्रेष्ठको भनाइ थियो ।
