बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
नेपालगन्ज- प्रहरीले बाँकेमा एक महिनाको अवधिमा ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए। उनका अनुसार पक्राउ गरिएका फरार प्रतिवादीबाट एक करोड ५९ लाख २३ हजार २७४ जरिवानासमेत असुल गरिने भएको छ ।
