SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

मकवानपुरका ४० वटा औषधि पसल किन गरिए बन्द?

जिल्ला प्रशासन कार्यालयले मकवानपुर जिल्लाका ४० वटा औषधि पसल बन्द गरिदिएको छ । नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन् ।  औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत  गुणराजप्रसाद न्यौपानेले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी