अनलाइन मिडियाको दर्ता–नवीकरण अब पूर्ण रूपमा डिजिटल, हार्डकपी प्रमाणपत्र नपाइने
सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०८३/८४ देखि अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाएको छ। अब दर्ता, नवीकरण वा विवरण परिवर्तनसम्बन्धी प्रमाणपत्रको हार्डकपी नदिने भएको छ। विभागले जारी गरेको सूचनाअनुसार अनलाइन सञ्चारमाध्यमले आफ्नो प्रमाणपत्रको डिजिटल कपी मात्रै प्राप्त गर्नेछन्। यो सेवा विभागको सूचना व्यवस्थापन प्रणाली (आइएमएस) मार्फत उपलब्ध हुनेछ।
