तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने मन्त्री लम्सालको दाबी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र देशभरका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले सो लक्ष्यअनुसार सडक मर्मत तथा स्तरोन्नति योजनालाई अगाडि बढाइरहेको बताए ।
