प्रधानमन्त्रीले आइटी र एआईको जिम्मेवारी आफू मातहत राखेकोमा मन्त्री पुनको गुनासो
नवप्रवर्तन, सूचना प्रविधि तथा विज्ञानमन्त्री महावीर पुनले आइटी र एआईसम्बन्धी जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मातहतमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।
