महावीरले संसदमा पट्या्रलाग्दो भाषण दिएपछि हर्कको प्रतिवादः तपाईं सत्तापक्ष कि प्रतिपक्ष ?
काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले विज्ञान प्रविधि तथा वनप्रवर्तनमन्त्री महावीर पुनलाई सत्तापक्षको कि प्रतिपक्षको भन्दै प्रश्न गरेका छन् । विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा भएको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको पट्यार लाग्दो जवाफ दिने क्रममा पुनले ऐन/कानून र बजेटजस्ता विषयको अभावमा नवप्रवर्तनका क्षेत्रमा सोचेजस्तो काम गर्न कठिन रहेको बताएका थिए ।
