आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी नाघ्यो २६ अर्ब
काठमाण्डु- आन्तरिक राजस्वमा सुधार देखिँदा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ । प्रदेश सरकारले गत जेठ २५ गतेसम्म ५ अर्ब १४ करोड ४ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।
