पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मन कम्पनीका ४ प्रतिनिधिलाई
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ। आयोगले बिहीबार बिहीबार सार्वजनिक सूचना जारी गर्दै बयानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिलाई उपस्थित हुन भनेको छ । अख्तियारले जर्मन कम्पनीहरू मुलबाउर र भेरिडोसका प्रतिनिधिलाई बोलाएको छ ।
