एनआईसी एशिया बैंकद्वारा भट्टेडाँडाको सातकन्या आधारभूत विद्यालयलाई सहयोग
काठमाण्डु – एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भट्टेडाँडा, ललितपुरस्थित सातकन्या आधारभूत विद्यालयमा विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ विद्यार्थीका लागि विद्यालय पोशाक प्रदान गरेको छ ।
