उपराष्ट्रपति यादवसँग रुसी महासंघका राजदूतको भेट
काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोबिच सुरोभत्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबिच नेपाल र रुसबिचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
