प्रचण्डको हातमा झलनाथको असन्तुष्टि पत्र : ‘नेकपा मेरा लागि खोर जस्तै भयो’
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असन्तुष्टि पत्र पठाएका छन् । नेकपामा आफूले खोरमा थुनिएको जस्तो अनुभूति भएको बताउँदै उनले प्रचण्डको कार्यशैलीप्रति आक्रोश पोखेका छन् ।
