‘पुलिस एण्ड रुल अफ ल’ पुस्तक विमोचन
काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोहबिच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘पुलिस एण्ड रुल अफ ल’ नामक पुस्तक विमोचन भएको छ । विमोचन समारोहका प्रमुख अतिथि प्रहरी आईजीपी कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।
